• पशुपन्छी तथा मत्स्य क्षेत्रलाई आधुनिकिकरण र व्यवसायीकरण गरी खाद्य र पोषण सुरक्षा गर्दै उद्योग प्रवर्द्धन गरी निर्यात गर्ने अवस्था सिर्जना गर्ने।
  • एकिकृत रुपमा पशु सेवा र पशु स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह सुनिश्चित गरी बृहत्तर उत्पादन क्षेत्र बनाउने।
  • एकल महिला, जनजाति, आदिबासी, दलित लगायत पिछडिएको समुदायमा लक्षित पशुपन्छी तथा मत्स्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने
  • चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व बढाउने।
  • “One Health Approach” मा आधारित वातावरण विकास तथा पशुपन्छी रोग न्यूनीकरण गर्ने
  • स्थानीय र रैथाने जातका कृषि तथा पशुपन्छीहरुको संरक्षण र प्रवर्द्धन गरी जैविक विविधताको संरक्षण एवं उपयोग गर्ने।
  • कृषकहरुको जिवनस्तर सुधार गर्न पशुपन्छी तथा मत्स्य पालन मार्फत रोजगारी प्रर्वद्धन गर्ने,
  •  पोषण तथा खाद्य सुरक्षाको प्रत्याभुति दिलाउने तथा प्रदेशको गरिवीको सख्या उल्लेख्य मात्रामा घटाउने।
  • जिल्लामा पशु चिकित्सा सेवा संचालन तथा नियमन गर्ने।
  • पशुपन्छी पालनमा प्रयोग हुने उत्पादन सामग्रीहरु (औषधी, जैविक पदार्थ, हर्मोन, विषादी), पशु पोल्ट्री ह्याचरी लगायत पशुजन्य उद्योगको प्रचलित कानून बमोजिम गुणस्तर नियमन गर्ने।
  • पशुपन्छीजन्य महामारी एवं प्रकोप लगायतका बिपद् व्यवस्थापन गर्ने।
  • महामारी, बिपद् व्यवस्थापन र रोग नियन्त्रणका लागि आवश्यक औषधी, खोप तथा नियन्त्रण उपकरण/सामग्रीको बफर स्टक (मौज्दात) व्यवस्थापनका लागि समन्वय गर्ने
  • मत्स्य रोग नियन्त्रण सम्बन्धी कार्य गर्ने
  • पशु कल्याण सम्बन्धी आवश्यक कार्य गर्ने।