हाम्रो बारेमा
कृषि पेशा नै प्रमुख पेशा भएको यस जिल्ला कृषिको अभिन्न अङ्ग पशुपालनलाई नयाँ प्रविधिबाट अघि बढाउने उद्देश्यले वि.सं. २०३७ सालमा “पशु चिकित्सालय इकाई” को रुपमा यस कार्यालयको स्थापना भएको थियो।देशमा संघीयता लागु भएपछि २०७५ भाद्र २४ गते यस कार्यालयलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पा अन्तर्गत राखी भे. अ. तथा प. से. वि. के., सम्पर्क केन्द्र, गुल्मीको रुपमा परिणत गरियो। यस व्यवस्थाबाट गुल्मी जिल्लामा प्रभावकारी ढङ्गले सेवा दिन नसकेको महसुस गरी मिति २०७८ मंसिर १६ गते लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार यस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको स्थापना भएको हो।